+
+

केन्ट आरओको दशैं–तिहार अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १३:१३

काठमाडौं । केन्ट उत्पादनका लागि एक मात्र आधिकारिक वितरक ईओएल प्रालिले आफ्ना ग्राहकका लागि दशैं–तिहार लक्षित विशेष योजना सार्वजनिक गरेको छ ।

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको यस संस्थाले ‘यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १०० प्रतिशत शुद्ध पानीसँग मनाउनुहोस््’ भन्ने मूल नाराका साथ दशैं–तिहार योजना ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पानी शुद्धिकरणका लागि नेपाल र भारतमा केन्ट आरओ ग्राहकवर्गले असाध्यै रुचाइएको ब्रान्ड हो । यो ग्राहक योजना ८ असोजदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

‘आज सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?