+
+

कोरोना संक्रमण बढेसँगै न्युजिल्याण्डको भ्रमण नियममा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १२:०६

१७ असोज, काठमाडौं । न्युजिल्याण्डले मुलुकमा कोरोनाका नयाँ संक्रमितको संख्या बढेसँगै सीमामा थप कडाइ गर्ने भएको छ ।

न्युजिल्याण्डका कोभिड-१९ मामिलाका मन्त्री क्रिस्ट हिप्किन्सले १७ वर्षभन्दा बढी उमेरका न्युजिल्याण्डभन्दा बाहिरका मानिस मुलुक फर्किँदा अनिवार्यरुपमा कोरोना खोप लगाएको हुनुपर्ने नियम लगाउन गइरहको बताएका छन् ।

न्युजिल्याण्डको राष्ट्रिय ध्वजावाहक एयर न्युजिल्याण्डले पनि खोप नलगाएका मानिसहरुलाई आफ्नो उडानमा सामेल हुन नदिइने बताएको छ । न्युजिल्याण्डले सीमा बन्द राख्ने तथा निकै कडा लकडाउन गर्नेजस्ता नियम लगाउँदै मुलुकमा कोरोना संक्रमणलाई नियन्त्रणमा राख्दै आएको छ । अहिलेसम्म कोरोना संक्रमणको कारण न्युजिल्याण्डमा २७ जनाको मृत्यु भएको छ ।

न्युजिल्याण्डले हेमिल्टन सिटी र छिमेकी रग्लान क्षेत्रमा दुई जना मानिसमा कोरोना संक्रमण देखिएसँगै पाँच दिने लकडाउन घोषणा गरेको छ । यसअघि अकल्याण्ड सहरमा लकडाउनविरुद्धको प्रदर्शन भएको थियो । तर, प्रधानमन्त्री ज्यासिन्डा अर्डनले भने यस किसिमको कार्य गैरकानुनी हुनुका साथै नैतिकरुपमा पनि सही नभएको बताएकी छिन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?