+
+

उमासँग मिलेर ‘कृत काब्या’ बनाउँदै आकाश

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते ९:३५

निर्देशक आकाश अधिकारी र कलाकार तथा निर्मात्री उमा बेबीले संयुक्त रुपमा चलचित्र ‘कृत काब्या’ निर्माण गर्ने भएका छन् । सामाजिक संजालबाट आकाशले यो चलचित्र निर्माण गर्न लागेको जानकारी दिएका छन् ।

यो चलचित्रको छायांकन दशैंपछि सुरु हुने बताइएको छ । दुई यूवा–यूवतीको प्रेम कथामा निर्माण हुने यो चलचित्रलाई आकाशले नै निर्देशन गर्दैछन् । चलचित्रमा उनको नै कथा छ ।

चलचित्रका लागि कलाकार भने फाइनल नभैसकेको निर्माणपक्षले बताएको छ । तर, कलाकार उमा बेबीले छोरी शिवानीलाई यो चलचित्रमा काम गराउने संंभावना प्रवल रहेको वुझिएको छ । शिवानीले चलचित्र ‘कही कतै’बाट डेब्यू गरेकी थिइन् । यो चलचित्र असफल भएपछि शिवानीले दोश्रो चलचित्रमा काम गरेकी छैनन् ।

आकाशले कलाकार सौगात मल्ललाई लिएर नयाँ चलचित्र बनाउने तयारी गरेका थिए । तर, यो चलचित्रलाई पोष्टपोन्ड गर्दै आकाशले उमासँग सहकार्य गर्न लागेका हुन् ।

आकाश र उमाले ‘त्यो तिम्रो चोखो प्रेमको’ बोलको गीतमा एकसाथ काम गरेका थिए । नेपाली र हिन्दी भाषामा निर्माण हुने ‘कृत काब्य’लाई नेपाल र भारतको सिक्किममा खिचिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?