+
+

थप ६६२ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १६:४८

३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०२२ पीसीआर परीक्षणमा ५३५ जना र १,४०४ एन्टिजेन परीक्षणमा १२७ जना गरी ६६२ जनामा संक्रमण भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ भने ७ लाख ८४ हजार १५५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ जना रहेका छन् । जसमध्ये १० हजार ७७२ जना होम आइसोलेसनमा रहेका छन् भने ८०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७६ जना आईसीयू र १०४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १९२, रुपन्देहीमा ४१, कास्कीमा ३८, ललितपुरमा ३५, मोरङमा २८, भक्तपुरमा २३, चितवनमा १८, सुर्खेतमा १५, मकवानपुरमा १४, दाङमा ११ र झापामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?