+
+

बागमती कानुन अब एपमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते ७:५०

५ कात्तिक, हेटौंडा । केही समयअघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले अब कानून एप पनि निर्माण गरेको छ ।

बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पूर्ण कानूनहरु एकीकृत रुपमा मोबाइल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयले एप बनाएर सार्वजनिक गरेको हो ।

उक्त एपको नाम ‘बागमती कानुन’ हो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्ति शाक्यले सो एप सार्वजनिक गर्दै आफूले डिजिटल बागमती प्रदेश बनाउन खोजेको र यसै सन्दर्भमा यो एप निर्माण गरिएको जानकारी दिए ।

एप निर्माणकर्ता प्रोलोजिक सोलुसन प्रा.लि.का प्रोपराइटर नितेश दाहालले मन्त्रालयले प्रदान गरेको कार्यविवरण अनुरुप एपको निर्माण भएको र यो एप सरकारी स्वामित्वमा रहने भएकाले गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध गराउन केही समय लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?