+
+

फुडमाण्डु स्थापनाको ११ वर्ष पुरा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १९:४९

काठमाडौं । अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले सञ्चालनको ११ वर्ष पुरा गरेको छ । सन् २०१० को नोभेम्वर ११ देखि सञ्चालनमा आएको कम्पनीमा काडमाडौं उपत्यका एवं पोखराका सयौं रेष्टुरेण्टहरु आवद्ध छन् । कम्पनीको वेवसाइट तथा मोवाइल एपमार्फत आवद्ध रेष्टुरेण्टहरुका परिकारहरु अर्डर गर्न सकिन्छ । साथै ग्रोसरी डेलिभरी सेवा पनि सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले कम्पनी सञ्चालन गर्दा निकै उतार चढाव भोग्नु परेको भन्दै ग्राहकको रुची र माग अनुसार सेवाहरुलाई थप परिस्कृत गर्दै देशका थप अरु प्रमुख शहरहरमा सेवा विस्तारको योजना रहेको बताए ।

कम्पनीका ब्राण्ड मार्केटिङ तथा बजार व्यवस्थापक श्याम रत्न मालीले वार्षिक उत्सवको अवसरमा कम्पनीले आर्कषक छुटहरुको व्यवस्था मिलाएको बताए । ११ दिनसम्म हरेक दिन रु. १,१११ को आकर्षक कम्बो डिल तथा केही आवद्ध रेष्टुरेण्टहरुसँगको सकहार्यमा नौलो परिकारहरु ग्राहक समक्ष पस्कने उनले बताउ ।

हाम्रो पात्रोसँग सहकार्य हुने

कम्पनीले हाम्रो पात्रो एप्ससँग सहकार्य गर्ने भएको छ । बजार विस्तार गर्ने रणनीति अनुसार हाम्रो पात्रोसँग सहकार्य अघि बढाउन लागिएको कम्पनीले जनाएको छ ।

हाम्रो पात्रो एप्समार्फत सिधै फुडमाण्डुबाट खाना अर्डर गर्न मिल्ने व्यवस्था मिलाउन लागेको कम्पनीले भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment