+
+

एमाले महाधिवेशनको उदघाटन समारोह शुरु [LIVE]

१० मंसीर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह चितवनमा शुरु भएको छ । विभिन्न स्थानबाट निकालिएका जुलूस उद्घाटन समारोहस्थल नारायणी नदी किनारमा जम्मा भएको छ । नारायणी नदी किनारमा उद्घाटन समारोह सकेर सौराहमा बन्दसत्र शुरु हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १२:५९

१० मंसीर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह चितवनमा शुरु भएको छ । उद्घाटन समारोहलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले  संचालन गरिरहेका छन् ।

मञ्चमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल लगायत नेताहरु छन् । भारत लगायतका देशबाट निम्त्याइएका विदेशी पाहुनाहरु मञ्चमा आसीन छन् ।

महाधिवेशनको उद्घाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै ६ नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ । एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन पुगेका छन् ।

विभिन्न स्थानबाट निकालिएका जुलूस उद्घाटन समारोहस्थल नारायणी नदी किनारमा जम्मा भएका छन् । नारायणी नदी किनारमा उद्घाटन समारोह गरेपछि शनिबारदेखि सौराहामा बन्दसत्र शुरु हुनेछ । बन्दसत्रले आगामी पाँच वर्षका लागि एमालेको नयाँ नेतृत्व चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?