+
+
Shares

मनोनयन पत्र भरिसकेँ, अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ०:४१

१२ मंसिर, चितवन । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दिने मनोनयन पत्र भरेका छन् । यद्यपि दर्ता गर्न बाँकी छ ।

सौराहमा जारी दशौं राष्ट्रिय महाधिवेशनमा सहमतिको प्रयास भइरहेका बेला मध्यक्ष मण्डलको निर्देशनमा निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । आयोगले मतदान नामावली सार्वजनिक गर्नुका साथै उम्मेदवारहरुलाई मनोनयन पत्र समेत वितरण गरेको छ ।

रावलले पनि मनोनयनपत्र भरेका छन् । त्यसअघि बसेको अध्यक्ष मण्डलको बैठक आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराएको भन्दै उनले भने, ‘मैले नेकपा एमालेको केन्द्रीय अध्यक्ष पदमा उठ्नका लागि यसभन्दा अगाडि नै राजनीतिक घोषणा गरिसकेको छु । अब विधिवत मनोनयनपत्र दाखिला गर्छु भनेँ ।’

उनले अघि भने, मैले मनोनयन पत्र भरिसकेको छु । हाम्रो निर्वाचन आयोगले जुन बेला बुझाउने समय दिन्छ, म मेरो मनोनयन पत्र दाखिला गर्छु ।’

निर्वाचन अध्यक्ष पदमा मात्र हुन्छ कि अरु पदमा पनि भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो समूहगत रुपमा उम्मेदवारी नदिने पार्टीको निर्णय भएकाले अरुले केके गर्नुहुन्छ, त्यो उहाँहरुको कुरा हो । तर अध्यक्ष पदमा मैले दिन्छु ।’

उनले ध्वनी मतका आधारमा गरिने निर्णय स्वीकार्य नहुने समेत बताएका छन् । उनले भने, ‘गोप्य मतदान हुनुपर्छ, निश्पिक्ष हुजुपर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?