+
+

नम्रता र विपिनको ‘प्रसाद २’ कहाँ अल्झियो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १३:५१
फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । नेपाली चलचित्रका निर्माता केही वर्ष अघिसम्म चलचित्र बनाउन सजिलो, रिलिज गर्न गाह्रो भन्थे । तर, अब चलचित्र रिलिज गर्न मात्र होइन बनाउन पनि गाह्रो पर्न थालेको छ ।

घोषणा भएका केही महत्वाकांक्षी चलचित्रको काम शुरु हुन नसक्नु यसको उदाहरण हो । कतिपय निर्माता चर्चाकै लागि चलचित्रको घोषणा गरिदिन्छन् र बनाउँदैनन् । कतिपय त चलचित्रका लागि निर्माता खोज्नकै लागि हल्ला गरिदिन्छन् ।

चलचित्र ‘प्रसाद २’ निर्माण हुने चर्चा अघिल्लो वर्षबाट नै चलेको हो । यसका लेखक सुशील पौडेलले स्क्रिप्ट पूरा गरिसकेको पनि लामै समय भयो । तर, सुवास थापाले बनाउने भनिएको ‘प्रसाद २’को काम अझै शुरु हुन सकेको छैन ।

‘प्रसाद’ चलचित्र हिट भएपछि दर्शकलाई यसको सिरिजको प्रतीक्षा छ । तर, सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन शुरु गर्न भने निर्माणपक्षलाई फलामको चिउरा चपाए झैं भइसकेको छ ।

चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहनेछ । चलचित्रका निर्देशक चौधरीले आफूहरु लोकेसन हेर्नका लागि पाल्पा पुगेको जानकारी दिए । ‘हामी केही दिनदेखि पाल्पामा छौं । अब केही दिनमै काठमाडौं फर्किन्छौं । चलचित्रको छायांकन चाँडै शुरु हुन्छ ।’

हुन त, यसको निर्माणपक्षले छायांकन शुरु हुन्छ भनेको पहिलो पटक भने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?