+
+

सनराइज बैंकको ‘सनराइज केयर’ सुविधा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १६:२६

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानलाई आत्मसाथ गर्दै ग्राहकको सुविधाका लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ ल्याएको बैंकले जनाएको छ ।

यस प्लाटफर्म मार्फत सम्पूर्ण ग्राहक वर्गहरुले बैंकिङ सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फतनै लिन सक्नेछन् ।

सनराइज केयर विभिन्न बैंकिङ सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो जस मार्फत ग्राहक वर्गहरुले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, Ecommerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock  तथा अन्य धेरै सेवाहरुसगँ सम्बन्धी आवेदनहरु अनलाइन मार्फत नै दिन सक्ने बैंकको भनाइ छ ।

बैंकका अनुसार यसका लागि सनराइज केयरको पोर्टल https://care.sunrisebank.com.np मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिने छ ।

कोभिड १९ को महामारीमा ग्राहक वर्गको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बैंकले सहजता र सुरक्षाका लागि ‘सनराइज केयर’ कार्यक्रम ल्याएको बैंकले जनाएको छ ।

आगामी दिनहरुमा यस सनराइज केयरमा अन्य बैंकिङ सेवाहरु पनि थप गरी यस प्लाटफर्मलाई अत्याधिनिक प्रविधियुक्त र प्रभावकारी बनाउदै लैजाने बैंकको उद्देश्य रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?