+
+

सानैबाट श्रीकृष्ण श्रेष्ठबाट प्रभावित अभिषेक यसरी बने हिरो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १२:२१

३ पुस, काठमाडौं । केही म्युजिक भिडियोमा अभिनय गरेपछि दर्शकको नजरमा परेका कलाकार अभिषेक श्रेष्ठको डेब्यु चलचित्र ‘चुरीफुरी’ आगामी शुक्रबारबाट रिलिज हुँदैछ ।

ऋषिराज आचार्यको निर्देशनमा बनेको यो चलचित्रको कथा मन परेपछि जोडिएका अभिषेक सानैबाट आफूलाई अभिनय गर्ने रुचि भएको बताउँछन् । उनी भन्छन्, ‘म सानैबाट अभिनय गर्न चाहन्थें । कोही मानिससँग केही समय बिताएँ भने मैले उसको हाउभाउ नक्कल गरिहाल्थें । म नायक श्रीकृष्ण श्रेष्ठको अभिनयबाट निक्कै प्रभावित थिएँ ।’

चलचित्र क्षेत्रमा लागेर पैसा नै कमाउने सपना भने उनको छैन । तर, एउटा सपना पूरा गर्ने सोचका साथ आफू अगाडि बढेको अभिषेक बताउँछन् ।

अभिषेकले चलचित्र ‘चुरीफुरी’मा आफूले शत प्रतिशत राम्रो काम गर्ने कोशिश गरेको बताए । उनी भन्छन्, ‘मैले आफूले आफ्नो मूल्यांकन गर्दा राम्रो काम गरेको छु जस्तो लाग्छ । सफलता वा असफलता भनेको त भोलिको कुरा हो । तर, मैले मेरो सपना पूरा गर्न कुनै कसर बाँकी राखेको छैन ।’

अभिषेकले नायिका पूजा शर्मासँग भाइटीका पनि लगाउँदै आएका छन् । उनी आफूलाई पूजा शर्माको भाइ भनेर चिनाउँदा पनि गर्व लाग्ने बताउँछन् । उनी भन्छन्, ‘मलाई यो क्षेत्रमा कसरी अगाडि बढ्ने भनेर पूजा दिदीले नै सिकाउनुभएको छ । उहाँको अभिभावकत्वमा अगाडि बढ्न पाउँदा म भाग्यमानी ठान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?