+
+

बिजुली महसुल नतिरेपछि भरतपुरमा क्रिकेट रंगशालाको लाइन काटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १६:२६

७, पुस, चितवन । लामो समयदेखि विजुलीको बिल नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटिदिएको छ ।

भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको बक्यौता रकम नतिरेकोले लाइन कटिदिएको प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । इन्जिनियर पौडेलका अनुसार फाउण्डेशनले आठ लाख ८७ हजार रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ ।

त्यस्तै मदिरा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ तिर्न बाँकी छ । बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन काटिएको इन्जिनियर पौडेलले बताए ।

विद्युत लाइन काट्न पुगेका प्राधिकरणका कर्मचारीहरुलाई माउन्ट एभरेस्ट ब्रुअरी उद्योग परिसरमा प्रवेश गर्न नदिई तीन जना चौकीदार लगाएर लखेट्ने प्रयास गरिएको इन्जिनियर पौडेलले बताए ।

उद्योगभित्र पसेर लाइन काट्न नदिएपछि उद्योगको कम्पाउण्डबाहिर नै जम्पर खोलेर लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?