+
+

माघबाट ‘कमेडी क्लब विथ च्याम्पियन्स’ प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते ११:२३

२२ पुस, काठमाडौं । की इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले माघको दोस्रो साताबाट ‘कमेडी क्लब विथ च्याम्पियन्स’ दर्शकमाझ ल्याउने भएका छन् । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ७ जना कलाकारलाई राखेर कार्यक्रम तयार गर्न लागिएको जानकारी गराइएको छ ।

हरेक सोमबार बेलुकी ८ बजेर ५० मिनेटमा नेपाल टेलभिजनमा प्रसारण हुने यो कार्यक्रममा ‘कमेडी च्याम्पियन १ र २’का प्रतिस्पर्धीहरु पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की र कैलाश कार्की रहेका छन् ।

‘कमेडी च्याम्पियन १ र २’का अन्य कलाकारहरुले पनि विभिन्न भागमा उपस्थिति जनाउने आयोजकले जनाएको छ । यो शोमा कलाकारहरुले विभिन्न विषयमा कमेडीमार्फत दर्शकलाई हँसाउने प्रयास गर्नेछन् । आयोजकले यो शोलाई नेपालकै ठूलो कमेडी शो भनेको छ ।

‘कमेडी क्लब विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले एउटा फरक शैलीको कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन दिने तयारी गरिएको बताए । दर्शकले यो शोलाई पनि माया गर्ने उनको विश्वास छ । यो कार्यक्रमले नयाँ उचाइ प्राप्त गर्ने विश्वास की एड्भरटाइजिङका प्रमुख रविन्द्रकुमार रिजालले पनि लिएका छन् ।

शोका निर्देशक विशाल भण्डारी

यसअघि ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुँदै आएको समयमा अब नयाँ कमेडी कार्यक्रम आउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?