+
+

भारतमा थपिए २ लाख ६४ हजार नयाँ कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते ११:०२

३० पुस, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्यामा फेरि ठूलो उछाल आएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या बिहीबार थपिएका संक्रमितको तुलनामा ६.७ प्रतिशत हो । त्यहाँ हाल कोरोनाको संक्रमण दर १४.७८ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

तर भारतमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढे पनि मृत्यु हुनेको संख्या भने निकै कम छ । त्यहाँ पछिल्लो २४ घण्टामा २१९ जना संक्रमितको मृत्यु भएको छ भने १ लाख ९ हजार ३४५ जना कोरोनामुक्त भएका छन् ।

महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै संक्रमित

भारतमा शुक्रबार थपिएका संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै छन् । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्रै ४६ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो स्थानमा रहेको दिल्लीमा २८ हजार ८६७ संक्रमित थपिएको समाचारमा जनाइएको छ ।

त्यस्तै, कर्नाटकमा २५ हजार ५, पश्चिम बंगालमा २३ हजार ४६७ र तमिलनाडुमा २० हजार ९११ जना नयाँ संक्रमित थपिएका छन् । यता भारतमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमितको संख्या बढेर ५ हजार ७५३ पुगेको छ ।

यसैबीच, बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राज्यका मुख्यमन्त्रीसँग भिडियो सम्मेलनमार्फत् कोभिड-१९ को अवस्थाबारे छलफल गरेका छन् । उक्त छलफलमा मोदीले केन्द्र तथा राज्य सरकारलाई कोभिड महामारीसँग जुध्न सामूहिक कदम चाल्न अपिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?