+
+
Shares

सिभिल बैंकको ११औं वार्षिक साधारण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १६:०२

काठमाडौं । सिभिल बैंक लिमिटेडको ११औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

साधरण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।

साधरण सभाले आव २०७८/७९ को लेखापरीक्षण गर्नका लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स” लाई लेखापरीक्षकमा पुनः नियुक्त गरेको छ ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय सारधण सभाले गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले रु. ९१ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको बैंकले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?