+
+

प्रेमीलाई समय दिन नपाएपछि युवतीले खोजिदिइन् नयाँ गर्लफ्रेन्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १३:४५

आफ्नो ब्वाइफ्रेन्डको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजीदिने युवती पनि यो दुनियाँमा छन् भन्दा पत्याउन गाह्रो पर्दछ । किनकि जो कोही प्रेमी प्रेमिकाले आफ्नो प्रेम बाँडिएको सहन सक्दैन ।

तर अमेरिकाकी एकजना युवतीले आफ्नो ब्वाइफ्रेन्डलाई यतिधेरै माया गर्छिन् कि उनले प्रेमीको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजिदिएकी छिन् ।

समाचार अनुसार ती युवतीले प्रेमीलाई निकै प्रेम गर्थिन् तर जागिरका कारण समय दिन भने सक्दिनथिन् ।

डेलीस्टारमा छापिएको खबर अनुसार चनेल बी नामकी युवतीले आफ्नो कथा सोसल मिडियामा राखेकी छिन् । ती युवतीले तीन वटा जागिर गर्दथिन्,जसका कारण उनले आफ्नो प्रेमीलाई समय दिनै सक्दिनथिन् र शारीरिक रुपमा पनि खुसी पार्न सकिरहेकी थिइनन् । तर शारीरिक सुखको कमीका कारण ब्वाइफ्रेन्डले आफूलाई नछाडोस् भन्ने उनको चाहना थियो ।

प्रेमीप्रतिको प्रेम र विछोडको डरका कारण उनले नयाँ उपाय खोजिन् र आफ्नो ब्वाइफ्रेन्डका लागि एकजना नयाँ गर्लफ्रेन्ड बनाइदिइन् ।

अहिले तिनैजनासँगै बस्ने गरेको र निकै खुसी रहेको उनको दाबी छ । आफू र प्रेमीको बीचमा तेश्रो युवती आउँदा आफूहरुको सम्बन्ध टुट्नबाट जोगिएको उनी बताउँछिन् ।

हरेक दिन तीनवटा जागिर गरेर घर फर्किंदा ब्वाइफ्रेन्डसँग रोमान्स गर्ने समय आफूसँग नहुने र धेरै काम गर्ने हुनाले थकाइका कारण रोमान्सको इच्छा पनि नहुने उनको भनाइ छ । त्यसैले आफ्नो प्रेमीको खुसीको लागि उनी स्वयंले दोस्रो युवती खोजिदिइन् ।

ब्वाइफ्रेन्डसँग आफ्नो शारीरिक सम्बन्ध नहुँदा झगडा हुन सुरु भएपछि उनलाई ब्वाइफ्रेन्डले आफूलाई छाडेर जाने हो कि भन्ने लाग्न थालेको थियो । अन्ततः आफ्नो प्रेमसम्बन्ध जोगाउनका लागि उनले यस्तो कठोर निर्णय लिएको बताएकी छिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?