+
+

प्रदेश २ को राजधानीका लागि गोप्य मतदान शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १४:१८

३ माघ काठमाडौं । प्रदेश नम्बर २ को राजधानीका लागि गोप्य मतदान शुरु भएको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान शुरु गराएका हुन् ।

प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ ।

अध्ययन विशेष समितिका सभापति परमेश्वर शाहका अनुसार जनकपुरमा सबै दलको सहमति छ र यसमा सर्वसहमति जस्तै छ । तर, केही सांसदले व्यक्तिगत रुपमा आफूहरुको अधिकार भन्दै फरक कुरा राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको हो ।

उनले प्रदेश सभामा बोल्दै भनेका छन्, ‘राजधानी जनकपुरलाई बनाउने सबै दलको प्रस्ताव हो । र सर्वसहमति जस्तै छ ।’

तर, बारा–पर्साका सांसदहरुले राजधानी वीरगञ्ज हुनुपर्ने छुट्टै प्रस्ताव गरेका छन् ।

सभामा बोल्दै सांसद रमेशप्रसाद कुर्मीले विरगञ्जकै आन्दोलनले मधेश आन्दोलन भएको भन्दै विरगञ्जलाई राजधानी बनाइनुपर्ने बताएका थिए ।

तर, अन्य अधिकांश सांसदले जनकपुरलाई नै राजधानी बनाइनुपर्ने बताएका छन् ।

प्रदेश सभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमतका आधारमा प्रदेशको राजधानीबारे निर्णय हुनेछ । मतदानमा दुई तिहाइ नआए प्रस्तावित नामहरु उपर कुनै निर्णय हुने छैन । हाल प्रदेश सभामा १०४ जना सांसद छन् । यसको दुई तिहाइ ७० हुन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?