+
+

उच्च अदालत वीरगञ्ज इजलासका ३ न्यायाधीशसहित २५ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते २०:३९

३ माघ, वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका तीन न्यायाधीशसहित २५ जनालाई कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण पुष्टि भएको छ ।

तीन न्यायाधीशसहित २५ जना कर्मचारीलाई एकै पटक कोरोना संक्रमण पुष्टी भएको हो । रजिष्ट्रार, उपरजिष्ट्रार, ४ जना शाखा अधिकृत, ६ जना नायब सुब्बा, डिठ्ठा, कम्युटर अपरेटर, आइटी सहायक, तामेलदार, सवारी चालक र तीन जना कार्यालय सहयोगीमा समेत कोरोना संक्रमण पुष्टि भएको अदालतले जनाएको छ ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि शंकास्पद कर्मचारीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशाला पठाइएको थियो । केहीको एन्टिजेन पनि परीक्षण गरिएको थियो ।

ठूलो संख्यामा कर्मचारी संक्रमित भएपछि अदालतको सेवा कटौती गर्ने निर्णय भएको रजिष्ट्रार गजेन्द्र बहादुर सिंहले जानकारी दिए ।

नारायणी अस्पतालस्थित प्रयोगशालामा सोमबार ५३ वटा स्वाब नमुना परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख सुक्ष्मजीव विज्ञ डा.  प्रभाकर पाण्डेले जानकारी दिए ।

८ देखि ८० वर्ष उमेर समूहका ११ जना महिलासहित ३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु बाराका ९, खोटाङका र सर्लाहीका १/१ जना र पर्साका २५ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?