+
+
Shares

माओवादी नेता वर्षमान पुन स्वदेश फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १३:५०

९ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारपछि स्वदेश फर्किंदै छन् ।

बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुन आफैंले पूर्ण स्वास्थ्यलाभ गरी माघ १० गते स्वदेश फर्किन लागेको जानकारी दिएका छन् ।

पुनको सचिवालयका अनुसार उनी सोमबार बेलुका करिब आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् ।

जण्डिस सम्बन्धी समस्या बल्झिएपछि पुन उपचार गर्न गत असोज १३ गते थाइल्याण्डको बैंकक गएका थिए । त्यहाँ उल्लेख्य सुधार नभएपछि उनलाई उतैबाट गत मंसिर दोस्रो हप्ता चीनको थर्ड पिपुल्स अफ हस्पिटल सेन्जेन लगिएको थियो।

पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित रहेको उनको सचिवालयका सदस्यहरु बताउँछन् । जण्डिस (बिलरुविन) को तह काठमाडौंबाट बैंकक जानुभन्दा अगाडिको भन्दा पनि बढेर शरीरका अन्य अंगहरुमा पनि असर गर्न थालेपछि नेता पुनलाई चीन लगिएको थियो ।

पार्टीको महासचिव पदको दावेदार पुनलाई पर्खिएर माओवादी केन्द्रले पदाधिकारी चयन गरेको छैन ।

गत पुसमा काठमाडौंमा आयोजित माओवादी केन्द्रको आठौं महाधिवेशनले केन्द्रीय सदस्यमात्रै चयन गरेको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?