+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सामुदायिक वनमा प्रतिगमन भएको भन्दै प्रदर्शन

संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १०:२५

१८ माघ, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेको छ ।

मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै महासंघले त्यसलाई खारेज गर्न माग गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘सामुदायिक वनमा भैरहेको प्रतिगमन बन्द गर’, ‘संरक्षण क्षेत्रमा भइरहेको लैंगिक हिंसा बन्द गर’, ‘जिल्ला वन पैदावार आपूर्ति समिति खारेज गर’, ‘वन्यजन्तु आतंक नियन्त्रण गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

उनीहरुले थाल ठटाउँदै वन परिसर अगाडि नाराबाजी गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले सुरूमा वन परिसरको गेटमै रोके पनि पछि नियन्त्रणमा लिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) का सचिव ठाकुर भण्डारीले अध्यक्ष भारती पाठकसहित १४ जना प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले वन पैदावार र सदुपयोगमा प्रतिबन्ध लगाइएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ । महासंघले संरक्षित क्षेत्र विस्तार गर्ने कार्य रोक्न, तेहेरो कर खारेज गर्न, वन पैदावारको उपयोगमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?