+
+

लुम्बिनी प्रदेश योजना आयोगको संगठन संरचना र दरबन्दीको अवधि थप

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १४:४५

२५ माघ, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरबन्दीको अवधि २०७९ असारसम्म थप गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको कर्मचारीको दरबन्दी सकिन लागेकाले थप गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए ।

यस्तै सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीको अवधि पनि २०७९ सालको असारसम्मको लागि स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

वैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानमा विज्ञ सदस्यमा बुटवलका कमलबहादुर श्रीस थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै मन्त्रिपरिषद वैठकले पाल्पा दरबार संग्रहालय विकास समिति (गठन) आदेश, २०७८ स्वीकृत गर्ने र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७८ को अनुसूची हेरफेर स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि २०७८ स्वीकृत गर्ने र प्रदेश खेलकुद विकास ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?