+
+

‘भ्यालेन्टाइन डे’को अवसरमा टिभिएसको स्कुटरमा नयाँ योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १८:४३

टिभिएस स्कूटर र मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएका स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अब’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँ टिभिएस स्कुटर किन्दा ६००० रुपैयाँसम्मको स्यूरसट नगद छुटका साथै हरेक दिन लक्की ड्रमार्फत् एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् ।

लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत् हुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले ४० प्रतिशतले डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?