
३ फागुन, सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ ।
उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ परेका हुन् । प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार २०६३ साल वैशाख १९ गते साविक ठूलो सिरुवारी-१, हाल चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित सल्लाघारी जङ्गलमा नाबालिका छोरीलाई बलात्कार गरी दुलाल फरार भएका थिए ।
जिल्ला अदालतको सोमबारको आदेशले पुर्पक्षको लागि उनीलाई जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4