
१२ फागुन, मकवानपुर । प्रहरीले ८ किलो लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-५ चैनपुरका २९ वर्षीय सुमिन्द्र दर्जी रहेका छन् ।
प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ८ किलो गाँजा बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालतबाट दिन १० म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4