+
+

‘एनोनिमस’ले गर्‍यो रुसविरुद्ध साइबर युद्धको घोषणा, कैयौं सरकारी वेबसाइट बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १२:४१

१३ फागुन, काठमाडौं । ह्याकरहरूको चर्चित समूह ‘एनोनिमस’ले रुसविरुद्ध साइबर युद्ध घोषणा गरेको छ । उक्त समूहले रुसी सरकारका कैयौं वेबसाइट अवरुद्ध पारेको दाबी गर्दै साइबर युद्ध घोषणा गरेको हो ।

बिहीबार साँध एनोनिमसको नाममा रहेको ट्विटर अकाउन्टमा ‘रुसी सरकारसँग औपचारिक रुपमै युद्ध सुरु गरेको’ उल्लेख छ । युक्रेनमा सैन्य कारबाही गरेको जवाफस्वरुप रुस सरकारका दर्जनौं वेबसाइट अवरुद्ध गरेको दाबी समेत गरिएको छ ।

बिहीबार रुसी सरकार, क्रेमलिन, डुमा, रक्षा मन्त्रालय र रसिया टुडेका वेबसाइट प्रभावित भएका थिए । साइबर हमलापछि दिनभर केही वेबसाइट सुस्त बनेको र केही पूरै बन्द भएपछि एनोनिमसले रुसविरुद्ध साइबर युद्ध सुरु गरेको जनाएको हो ।

‘हरामी पुटिन… हामी युक्रेनका जनताको पक्षमा छौं… हाम्रो संख्या ठूलो छ’, एनोनिमससँग सम्बन्धित एक अकाउन्टमा भनिएको छ, ‘पुटिनको सत्तामा ज्यान गुमाएका मानिसलाई कहिल्यै भुल्ने छैनौं । हाम्रो हमलापछि पुटिनको अपराधी सत्तालाई पहिलाकै अवस्थामा फर्किन निकै कठिन हुने छ ।’

‘एनोनिमस’ कुनै केन्द्रीय पदसोपान वा नेतृत्व नभएको एउटा विकेन्द्रिकृत समूह हो । उक्त समूहले यसअघि अमेरिकी सरकार, सीआईए, इस्लामिक स्टेट लगायतका वेबसाइटमाथि साइबर हमला गरेको थियो । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?