+
+

नीताको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १८:०७

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त अनुबन्धित भएका छन् । सुरुमा नीताले  नै फिल्मको निर्देशन गर्ने भनिएको यो फिल्ममा सोमबार पन्तलाई अनुबन्ध गरिएको हो ।

युवापुस्ताको प्रेमकथामा बन्न लागेको फिल्मको मुख्य भूमिकामा स्वयं नीता र हरिहर अधिकारी फिचर्ड हुँदैछन् । रिलमा मात्र होइन, रियल लाइफमा पनि यो जोडी प्रेम सम्बन्धमा छ ।

अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री तथा निर्मात्री ढुंगानाले अन्य कलाकार चाँडै तय हुने जानकारी दिइन् । चितवन र देवघाटसहित भारतको बनारस र लखनउमा पनि फिल्म छायांकन गर्ने तयारी रहेको उनले बताइन् । यो फिल्मको साउनदेखि छायांकन सुरु गरिनेछ ।

फिल्मको बजेट चार करोड रुपैयाँ हुने जनाइएको छ । केटीकेटीको प्रेम र जीवनको विम्व बनाएर ‘ह्रस्वदीर्घ’ निर्माण हुन लागेको नीताले बताइन् ।

अर्को एक प्रश्नमा नीताले हरिहरसँगको विवाहको मिति यकिन नभएको बताइन् । ‘बिहेलाई लिएर अहिले डेट तय छैन,’ उनले भनिन्, ‘यी सबै हल्ला हुन्, बिहेबारे अहिले सोचेका छैनौं ।’

फिल्मलाई नेपालीका साथै हिन्दी भाषामा पनि निर्माण गर्ने तयारी छ । ‘डबिङ हैन, सुटिङ नै नेपाली र हिन्दी भाषामा गर्ने योजना छ,’ नीताले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?