+
+

तीन कारणले एमाले प्रवेश गरें : करिश्मा मानन्धर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १४:२६
तस्वीर : नेकपा एमालेको फेसबुक पेजबाट

काठमाडौं । मंगलबार नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले मुख्य तीन कारणले आफू पार्टी प्रवेश गरेको बताएकी छन् । पार्टी प्रवेश गर्नुको पहिलो कारणको रुपमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई कारण देखाइन् ।

‘ओलीजीलाई फुर्काउन भनेकी होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु । ओलीको इनर्जी देखेर ताजुब भएकी छु,’ पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भनिन् ।

एमालेले मुलुकको परिवर्तन र समृद्धिको सही एजेन्डा बोकेकाले आफूले पार्टी प्रवेश गर्ने निर्णय लिएको उनले बताइन् । तेस्रो कारणमा अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने भन्दै उनले यो पार्टी रोजेको बताइन् ।

करिश्माले अगाडि भनिन्, ‘अब एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेकी छु । यही अठोट लिएर मुलुकको समृद्धिको दिशामा अघि बढ्छु ।’ आफू नितान्त एमालेको कार्यकर्ता भएर कार्यकर्तासँग जोडिन आइपुगेको उनले बताइन् ।

भागबण्डा र कुनै पदको लोभ लिएर आफू एमालेमा नआएको दाबी गर्दै उनले पार्टीमा दिइने जिम्मेवारीबाट पछि नहट्ने बताइन् । ‘पार्टीमा कुनै जिम्मा दिइन्छ भने म पछि हट्दिन,’ उनले भनिन् ।

अध्यक्ष ओलीले करिश्मालाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?