+
+

रोयल इनफिल्डमा त्रिवेणी समूहको प्रवेश, एमभी दुगडले गुमायो डिलरसिप

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ११:०४

९ चैत, काठमाडौं । रोयल इनफिल्डले एमभी दुगडलाई नेपालका लागि आफ्नो आधिकारिक विक्रेताबाट हटाएको छ । नेपाली युवाको प्रमुख रोजाइमा रहेको रोयल इनफिल्डलाई अब नेपालमा त्रिवेणी समूह अन्तर्गत अटोमोबिल डिभिजनको ‘अल्फा अटोमोटिभ प्रालि’ले विक्री वितरण गर्ने भएको छ ।

सम्भावना हुँदा हुँदै पनि अपेक्षित दरमा बजार विस्तार गर्न नसकेको एमभी दुगडको आधिकारिक विक्रेताको जिम्मेवारी खोसिएको चर्चा छ । यसअघि एमभी दुगडले निशान गाडीको आधिकारिक विक्रेताको जिम्मेवारी पनि गुमाएको थियो ।

विश्वकै पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्ड धेरै युवाको आकर्षको केन्द्रमा भएपनि यसको बजारीकरण बलियो बन्न सकेको थिएन । यसकै कारण कम्पनीले त्रिवेणी समूहलाई नेपालमा नयाँ आधिकारिक विक्रेता तोकेको हो ।

त्रिवेणी समूहले नेपालमा उत्पादन, कृषि, ट्रेडिङ, बैंकिङ, इन्स्योरेन्स, उर्जा, रिटेल, मनोरन्जन, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

‘अल्फा अटोमोटिभ प्रालिले रोयल इनफिल्डको दुई पांग्रे सवारी साधनबाट नेपाल भरी आफ्नो बजार विस्तार एवम् सफल  व्यवस्थापन गर्ने रणनीतिक लक्ष्य लिएको छ,’ कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

रोयल इनफिल्ड मोटरसाइकल नेपाली युवा पुस्तामाझ अधिक लोकप्रिय छ । अल्फा अटोमोटिभ प्रालिले नेपाली बजारमा रोयल इनफिल्डका क्लासिक ३५०, इलेक्ट्रा, सिग्नल्स, मेटीयुर, हिमालयन, कन्टिनेन्टल जिटी र इन्टरसेप्टर लगायतका मोडलहरु बिक्री वितरण गर्ने जानकारी दिएको छ ।

नयाँ विक्रेताको नियुक्तिसँगै यो ब्रान्डले आक्रमण बजारीकरण र ब्रान्डिङ गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?