+
+

विनोद कुँवर बने एनआरएनए अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते ९:४२

१० चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ ।

संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ निर्वाचन समिति बनाएका थिए ।

एनआरएनएका अध्यक्ष कुमार पन्तको कार्यसमितिले गत अक्टोवरमै गराउनु पर्ने निर्वाचन गराउन सकेको थिएन । लामो समय निर्वाचन हुन नसकेपछि घलेले कार्यसमिति विघटन भएको घोषणा गर्दै उपाध्यक्ष लामाको संयोजकत्मा महाधिवेशन आयोजक समिति बनाएका थिए ।

मंगलबारदेखि सुरु भएको महाधिवेशनमा बुधबार मनोनयनको समय तोकिएको थियो । निर्धारित समयमा कोरियावासी कुँवरले मात्रै अध्यक्षमा उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यसमितिको उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेशकुमार पुडासैनी, बाबुराम लामा र महिला उपाध्यक्षमा भूमादेवी लिम्बू चयन भएका छन् भने महासचिवमा जानकारी गुरुङ चयन भएका छन् । यसैगरी सचिवमा जुनु गूरुङ र कोषाध्यक्षमा डिलामा खरेल चयन भएका छन् ।

यद्यपि, यो महाधिवेशनलाई पन्त समूहले भने मान्यता नदिने बताएको छ । पन्त समूहले छुट्टै महाधिवेशन गरी तीन जनालाई अध्यक्ष बनाउन विधान संशोधनको तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?