+
+

गठबन्धन जरुरी छ, ओलीलाई बलियो बनाउने काम गर्नुहुन्न : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १६:५७

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् ।

कांग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा छन् । पौडेलले भने गठबन्धन नगरी जाँदा नेकपा एमालेलाई फाइदा हुने भन्दै त्यो काम कांग्रेसले गर्न नहुने धारणा राखे ।

‘ओलीलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्नहुन्न । बरु प्रचण्ड-माधवलाई अलिअलि मत थप्ने काम कांग्रेसले सहयोग गर्नुपर्छ’ बैठकमा पौडेलको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने ।

बैठकमा पौडेलले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई साथमा राखेर भए पनि ओलीलाई साइजमा राख्नुपर्छ ।’

सोमबारको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा धारणा राखेका थिए भने नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले गठबन्धन गर्न नहुने पक्षमा धारणा राखेका थिए ।

कांग्रेसको बैठक अब मंगलबार दिउँसो ३ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?