+
+
Shares

नेपाल टेलिकमको खुद नाफा ७ अर्ब ३३ करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १६:५९

२४ चैत, काठमाडौं । नेपाल टेलिकमले ७ अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै उनले कोभिड-१९ महामारीका कारण भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरुले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको बताए ।

प्रविधिमा भएको विकास र परिवर्तनसँगै विश्वमै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको, बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रबर्द्धनका लागि प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउनुपर्ने वाध्यता विद्यमान रहेको उनको भनाइ थियो । यस्तो अवस्थामा समेत कुल राजस्व र खूद नाफा क्रमशः ४२ अर्ब २१ करोड र ७ अर्ब १३ करोड रुपैयाँ कायम गर्न कम्पनी सफल भएको उनको भनाइ थियो ।

प्रविधिको विकास, ग्राहकको आवश्यकता, आर्थिक–सामाजिक क्रियाकलापमा सूचना प्रविधिको अपरिहार्यता जस्ता पक्षहरूको विश्लेषण र मूल्यांकन गरी कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष बनाइ मुलुकभर ७७ जिल्लाका ७२० भन्दा बढी स्थानीय निकायमा ४जी/एलटीई सेवा उपलब्ध गराइसकेको र बाँकी स्थानमा छिट्टै यो सेवा विस्तार गर्ने गरी काम भइरहेको उनले बताए ।

टेलिकमले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने भएको छ ।सेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस सेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको उनले बताए ।

अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिएको पनि बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?