
२५ चैत, काठमाडौं । कोष्टारिकामा कार्गो कम्पनी डीएचएलको एउटा बोइङ ७५७ विमान आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको छ ।
कोष्टारिकाको जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान धावनमार्ग दुर्घटनामा परेको हो ।
सामान्य रुपमा नै अवतरण गरेको विमान धावनमार्गमा झरेर केही गुडेपछि यु टर्न हुन्छ र धावनमार्गबाट बाहिर चौरमा पुग्छ । त्यसपछि विमान बीचमा भाँचिएर दुई टुक्रा भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।
A much clearer version of the crash landing has emerged!
Source: Unknown#DHL #AvGeek pic.twitter.com/FCYbgFaW0H
— AviationSource (@AvSourceNews) April 7, 2022
विमानमा चालक दलका सदस्य मात्र रहेका र उनीहरु सकुशल रहेको डीएचएलले जनाएको छ ।
ग्वाटेमालाका लाग उडेको विमानमा हाइड्रोलिक समस्या देखिएको भन्दै पाइलटले आकस्मिक अवतरण गराएको कोष्टारिकाको नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक लुइस मिरान्डा मुनोजले बताएका छन् ।
दुर्घटनामा परेको विमान सन् १९९९ मा बनेको हो ।
प्रतिक्रिया 4