
२६ चैत, काठमाडौं । नेकपा एमालेको ललितपुर महानगरपालिका कमिटीले मेयरले उम्मेदवार सिफारिस गरेन ।
सर्वसम्मत उम्मेदवार सिफारिसका लागि बैठक एक दिन रोकेर छलफल थालिएको नगर कमिटी अध्यक्ष अष्ट शाक्यले जानकारी दिइन् । शनिबार बसेको नगर कमिटीको बैठकमा हरिकृष्ण व्यञ्जनकारसँगै नगर कमिटी अध्यक्ष शाक्य लगायतले मेयरमा दाबी गरेका थिए ।
‘सर्वसम्मत उम्मेदवार सिफारिस गरौं भनेर बैठक रोकेर छलफलमा छौं, भोलि एउटा निर्णयमा पुग्छौं’ शाक्यले भनिन् ।
मेयरको टिकटको दावेदार व्यञ्जनकार २०७४ मा पनि मेयरको उम्मेदवार थिए । तर कांग्रेसका चिरीबाबु महर्जनसँग ३२६ मत अन्तरले पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4