+
+

चलचित्र विकास बोर्डले आजदेखि काठमाडौंका सिनेमा हलको अनुगमन गर्ने 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ११:१५
फाइल तस्वीर

काठमाडौं । नियम मिचेर कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ चलाएको गुनासोपछि चलचित्र विकास बोर्डले मंगलबारदेखि काठमाडौंका सिनेमा हल अनुगमन गर्ने भएको छ ।

बक्स अफिस संयोजक राज कटुवाल संयोजकत्वको टोलीले काठमाडौंसहित मुलुकभरका हल अनुगमन गर्ने भएको हो ।

‘राजस्व छलेको, गैरकानुनी रुपमा शो बढाएर फिल्म चलाएको र बक्स अफिस जडान नगरेको भए हल बन्द गर्नेसम्मको अधिकार प्रयोग गर्छौं,’ कटुवालले भने ।

कटुवाल नेतृत्वको अनुगमन समितिमा बोर्डका अधिकृत, गृह मन्त्रालय र राजस्व विभागका प्रतिनिधि पनि सहभागी हुने भएका छन् । ‘हाम्रो मुख्य उद्देश्य सरकारले स्थापना गरेको प्रणालीलाई राम्रोसँग चलाउनु हो,’ कटुवालले अनलाइनखबरलाई भने ।

‘हलले डेटा राम्रो पठाएको छ कि छैन भन्नेमा हाम्रो अनुसन्धान केन्द्रित हुनेछ । हलले पठाएको डेटा र हलको वास्तविक डेटाबीचको भिन्नता बुझ्ने प्रयास गर्नेछौं,’ उनले भने ।

बोर्डको सहमतिबिना रात्री शो चलाएको गुनासोपछि कारबाहीका लागि बिग मुभिज, बीएसआर मुभिज र एफक्यूब सिनेमाजलाई राजस्वमा उजुरी गरिएको जानकारी समेत उनले दिए । वान सिनेमाजको बानेश्वर र कालिमाटी हलबाट डेटा नआएको समेत उनले जनाए ।

काठमाडौंका कतिपय हलले राति ३ बजेदेखि नै ‘केजीएफ-२’को रात्रिकालीन शोहरु सञ्चालनमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?