+
+
Shares

मिटू आरोपबारे केशव स्थापितले भने : विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १३:५८

१२ वैशाख, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोपलाई सामान्य भनी टिप्पणी गरेका छन् ।

सोमबार मनोनयन दर्ता गरेपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफ्नो नाममा बेला बेलामा विवाद झिक्ने गरेको टिप्पणी गरे ।

‘मजत्तिको व्यक्ति उपर इस्यु भएन भने केशव स्थापित नै भएन, विवादमा नआउने पनि पनि केशव स्थापित हुन्छ र आइरहनुपर्‍यो नि !’

विगतमा आफूलाई ५० वटा मुद्दा लाग्दा ५ वटा थपियोस् भनेर निवेदन हालेको भन्दै उनले भने, ‘त्यति चुनौती बोक्ने मान्छेलाई बाहिर सडकमा केही इस्यु उठ्यो भने त्यता ध्यन दिनु हुँदैन ।’

दुई वर्षअघि काठमाडौं महानगरपालिकाकी एक पूर्व कर्मचारीले तत्कालिन मेयर स्थापितले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । नेता स्थापितले आफूविरुद्ध बेला बेलामा इस्युहरु उठ्ने गरेको पनि टिप्पणी गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?