+
+

हुम्लाका सबै पालिकामा सत्ता गठबन्धनको बागी उम्‍मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते २०:३५
सिमकोट गाउँपालिका अध्‍यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका विजय भण्डारी र  कांग्रेसकी शुसिला रोकाया।

१२ वैशाख, हुम्ला । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लाका सात स्थानीय तहमध्‍ये ६ पालिका अध्‍यक्ष र ७ उपाध्‍यक्षमा बागी उम्‍मेदवारी परेको छ ।

लामो अभ्यासपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच ७ वटा स्थानीय तहमा चुनावी गठबन्धन भएको थियो। जसमा माओवादीले हुम्लाका चंखेली, ताजाँकोट, सिमकोट, नाम्खा गाउँपालिका अध्यक्ष तथा कांग्रेसले अदानचुली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा अध्‍यक्षको उम्‍मेदवारी दिने सहमति भएको थियो ।

तर सोमबार (आज) ताँजाकोट गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका कर्णाली प्रदेशका सह-सचिव लालकेश जैसीले मनोनयन दर्ता गरेका छन् । स्वतन्त्र अध्यक्षमा माओवादी केन्द्रकै गोपाल बुढा र अकबिर खडकाले उम्मेदवारी दिएका छन् ।

यस्तै गरी उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा गठबन्धनका उपाध्यक्ष हुन् । उपाध्यक्षमा बागि कांग्रेसका तिलकबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

यस्तै अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फ अध्यक्षमा कांग्रेसका मोहनबिक्रम सिहं र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकाया (सुधार) ले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमालेबाट अध्यक्षमा दल फडेरा र कांग्रेसबाट रुष्ट रहेको लोकन्द्रबहादुर भण्डारीले स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यस्तै चंखेली गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष माओवादी केन्द्रका गोविन्द्रबहादुर शाही, गठबन्धनकै उपाध्यक्षमा कांग्रेसकी मैना बुढाको उम्मेदवारी परेको छ ।
तर गठबन्धनबाट रुष्ट देखिएका प्यारीलाल शाहीले अध्यक्ष र माओवादी केन्द्रबाट रुष्ट देखिएका भैरव तामाङले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेकपा एमाले र एकीकृत समाजवादीबीच चंखेली गाउँपालिकामा तालमेल भएको छ । एमालेबाट अध्यक्षमा बिमला कुमारी शाही र समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन्। यस्तै सर्केगार्ड गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्‍यक्षमा कांग्रेसका ठानबहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्कीले उम्‍मेदवारी दिएका छन् ।

यस्तै सोही गाउँपालिकामा गठबन्धनबाटै कांग्रेसका मानदेव शाही र माओवादी केन्द्रका अकिल बुढाको स्वतन्त्र उम्मेदवारी परेको छ । उपाध्यक्षमै स्वतन्त्रमा ज्योति शाहीले पनि उम्मेवारी दिएकी छन् । नेकपा एमालेबाट अध्यक्षान ज्ञामी बुमीले उम्मेदवारी दिएका छन्।

नाम्खा गाउँपालिका अध्‍यक्षमा स्वतन्त्रबाट उम्‍मेवदावरी दिएका कांग्रेसकै सूर्य लामा ।

यसैगरी खार्पुनाथ गाउँपालिका अध्‍यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कर्ण बहादुर रावल, स्वतन्त्रबाट बिरजङ शाही, माओवादी केन्द्रकी लक्ष्मी योगी रावल, एमालेका प्रकाश बहादुर शाहीले उम्‍मेदावरी दिएका छन् ।

त्‍यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेबाट अप्सरा हमाल, एकीकृत समाजबादीबाट शक्ति सिहं ऐडी, कांग्रेसका अंगबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सिमकोट गाउँपालिका अध्‍यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका विजय भण्डारी र  कांग्रेसकी शुसिला रोकायाले उपाध्यक्षमा उम्‍मेदवारी दिएकी छिन् । सोही गाउँपालिकामा कांग्रेसकै नन्दबहादुर शाहीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तैगरी उपाध्यक्षमा पनि कांग्रेसकै दीपबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

यस्तै नाम्खा गाउँपालिका अध्‍यक्षमा चार जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट माओवादी केन्द्रका प्रेमबहादुर लामा, कांग्रेसबाट स्वतन्त्रमा सूर्य लामा र कार्मा टुण्डुप लामा तथा कांग्रेसकै माया लामाले मनोनयन दर्ता गराएकी छिन् । यस्तै सोही गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट टर्सी लामाले मनोनयन दर्ता गरेका छन् ।

यता, एमालेले सोही गाउँपालिका उपाध्यक्षमा नोरजाङ तामाङको मात्रै मनोनयन दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?