+
+

अब राजनीतिबाट देशको सेवा गर्छु : भुवन केसी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १८:२४

२२ वैशाख, काठमाडौं । अभिनेता भुवन केसीले अब राजनीतिबाट देशको सेवा गर्ने बताएका छन् । ४० वर्षसम्म फिल्ममार्फत देशलाई योगदान पुर्‍याएको र अब राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने बताए ।

भर्खरै नेपाली कांग्रेस प्रवेश गरेका अभिनेता केसीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘केही समयअघिदेखि नै कांग्रेस प्रवेश गर्ने कुरा भए पनि समय मात्रै अहिले जुरेको हो । मेरो राजनीतिका यात्रा कलाकारको हकहितमै केन्द्रित हुनेछ ।’

कार्यक्रममा अभिनेता नीर शाहले कांग्रेसको प्रजातान्त्रिक वातावरणका कारण नै यसप्रति कलाकारहरुको आकर्षण बढेको दाबी गरे । कलाकारिता क्षेत्रका विकृति र विसंगति निराकरण गर्न नै आफू पनि कांग्रेसमा आएको उनको भनाइ छ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले कांग्रेसले कलाकारको सम्मान र समस्याको समाधान गर्न पहल गर्ने देखिएकाले यो पार्टीमा आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि उपस्थित थिए ।

सोही अवसरमा कांग्रेसको प्रचार गीत ‘जय नेपाल मुख-मुखमा भोट जति रुखमा’ समेत सार्वजनिक गरिएको थियो । गीतमा एकनारायण भण्डारीको शब्द तथा संगीत छ भने कृष्ण विक, प्रीति आले र सरला विकको स्वर रहेको छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?