+
+

हिउँ छिचोल्दै लिमी क्षेत्रका मतदान केन्द्र पुगे कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते ११:४८

२९ वैशाख, हुम्ला । हुम्लामा कर्मचारीलाई मतदान केन्द्रमा पुग्नै सकस भएको छ । सदरमुकामबाट चार दिन लाग्ने विकट लिमी क्षेत्रमा सास्ती खेप्दै कर्मचारीहरू मतदान केन्द्र पुगेका छन् ।

अन्य विकट हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री पुर्‍याए पनि लिमी क्षेत्रमा हेलिकप्टर नपठाउँदा समस्या भएको हो । दार्चुलाको तिंकर क्षेत्रमा हेलिकप्टरको प्रयोग भए पनि हुम्लाको नाम्खा गाउँपालिका- ६ को लिमीमा प्रयोग भएन ।

हेलिकप्टर नभएपछि ४८०० मिटर उचाइमा रहेको नारा लेकबाट हिउँ छिचोल्दै लिमी पुग्न बाध्य भएको हिमशिखर प्राथमिक विद्यालय तिल मतदान केन्द्रका मतदान अधिकृत विस्न रोकायाले गुनासो गरे ।

नाम्खा गाउँपालिका ६ मा रहेका तीन वटा मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित दु:खका साथ कर्मचारी पुगेको मतदान अधिकृत रोकाएको भनाइ छ ।

मतपेटिका, पतपत्रलगायत सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी गरी ४८ जना यहाँका तीन केन्द्रमा खटिएका छन् ।

यसअघि निर्वाचन आयोगले लिमीका तीनवटै मतदान केन्द्रमा हेलिकप्टर व्यवस्था गरेको भए पनि यसपटक हेलिकप्टर व्यवस्था नभएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका प्रमुख मुत्तिनन्द रावलले जानकारी दिए ।

निर्वाचनको प्रर्यवेक्षणमा हुम्ला जिल्ला पुगेका राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुत्त सुदीप पाठकले निर्वाचन आयोगले भौगोलिक अवस्था नबुझेर कर्मचारीमाथि मानव अधिकार हनन् गरेको बताए ।

भौगालिक रूपमा विकट रहेको हुम्लाको नाम्खा गाउँपालिका- ६ लिमिका तीन वटा मतदान केन्द्र तिल, हल्जी, जाँङ, नाम्खा गाउँपालिका-४ को चाला र चंखेली गाउँपालिका-५ नेप्का मतदान केन्द्रमा हेलिकप्टर आवश्यक रहेको मानव अधिकार आयोगका पूर्वआयुक्त पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?