
८ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकाको मेयरमा दिलीपकुमार अग्रवाल पुन: निर्वाचित भएका छन् ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल यो पटक एमालेबाट मेयरमा निर्वाचित भएका हुन् । उनी स्थानीय तह निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । अग्रवालले काङ्ग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित गरे ।
अग्रवालले १२ हजार ८६१ मत ल्याउदै विजयी हुँदा कांग्रेस उम्मेदवार घिमिरेले नौ हजार ६१ मत प्राप्त गरे । २०७४ सालमा पनि अग्रवाल निर्वाचित हुँदा कांग्रेस उम्मेदवार घिमिरे दोस्रो बनेका थिए ।
रंगेलीको उपप्रमुखमा पनि एमाले उम्मेदवार भुमाकुमारी पराजुली निर्वाचित भइन् । उनले ११ हजार ७९० मत पाइन् । जसपा उम्मेदवार पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गरे । स्थानीय तह निर्वाचनअघि नेकपा एमाले प्रवेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4