+
+

नेपालमा ‘स्पाइडरम्यान’को रेकर्ड तोड्न ‘डक्टर स्ट्रेन्ज-२’लाई मुस्किल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १२:१४

काठमाडौं । बेनेडिक्ट कम्बरब्याच स्टारर हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन मल्टिभर्स अफ म्याडनेस’ले नेपाली बक्स अफिसमा सन्तोषजनक कमाइ गरेको छ ।

तीन सातामा फिल्मले देशव्यापी रुपमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । मार्भलकै अघिल्लो सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’भन्दा यो कम व्यापार हो ।

‘स्पाइडरम्यान : नो वे होम’को नेपालमा लाइफटाइम कलेक्सन ७ करोड ३० लाख ग्रस थियो । ‘स्पाइडरम्यान’को यो लाइफटाइम कारोबारलाई भेटाउन ‘डक्टर स्ट्रेन्ज २’लाई मुस्किल पर्ने देखिएको छ ।

एप्पलकी जेनिश पहारीले अनलाइनखबरसँग भनिन्, ‘स्पाइडरम्यानको लाइफटाइम कलेक्सनलाई भेटाउन अब ‘डक्टर स्ट्रेन्ज २’लाई कठिन छ । लगभग त्यो सम्भावना सकिएको छ ।’

क्यूएफएक्स मल्टिप्लेक्सले अहिले पनि ‘डक्टर स्ट्रेन्ज-२’लाई एकदर्जन शो दिएको छ । पहिलो सप्ताहन्त २ करोड ओपनिङ गरेको यो फिल्मको पहिलो श्रृंखलाले नेपाली बक्स अफिसमा समेत राम्रै कमाइ गरेको थियो ।

फिल्ममा नेपालका दृश्य समेटिएको र नेपालमा हलिउड सुपरहिरो पात्रको क्रेज राम्रो भएकाले पनि ‘डक्टर स्ट्रेन्ज’लाई दर्शक तान्न मुस्किल भएन । तर केही महिनाअघि रिलिज भएको अर्को हलिउड सुपरहिरो फिल्म ‘मर्बियस’ भने खासै चलेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?