+
+

सन् २०२२ को दर्नाल पुरस्कार र सम्मान घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते २०:०७
दर्नाल पुरस्कारका लागि छनोट भएको कर्णाली आर्टस् सेन्टर ।

१० जेठ, काठमाडौं । यस वर्षको ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ (डिएएसजे) कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स (इएल) लाई प्रदान गरिने भएको छ ।

दर्नाल पुरस्कार छनोट समितिले जातीय असमानता र विभेद अन्त्य गर्न प्रतिबद्धता, साहस र कल्पनाशीलताका लागि दलित नेतृत्वका दुई संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पुरस्कार विजेता दुवै संस्थालाई जुन ८, २०२२ (जेठ २५, २०७९) मा काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने समारोहमा जनही दुई लाख ५० हजार राशीसहित पुरस्कार प्रदान गरिने छ ।

यसबाहेक, दर्नाल पुरस्कार छनोट समितिले अन्य वर्षमा जस्तै सामाजिक न्यायको क्षेत्रमा क्रियाशील दलित समुदायका दुई व्यक्तित्व– लेखक तथा पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखनविरोधी अभियन्ता करुणा त्रिखत्रीलाई सन् २०२२ को सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

दर्नाल पुरस्कार र सम्मान समारोह सरिता परियार ट्रस्ट फण्डले समता फाउन्डेसनसँगको सहकार्यमा सामाजिक न्यायका अगुवा सुभाष दर्नालको जीवन र सम्झनामा आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?