+
+

निधिलाई प्रमुख अतिथि बनाएपछि बहिस्कारमा एमाले जनप्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १७:१२

१२ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको बिहीबार आयोजना गरिएको पदस्थापन कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

पदस्थापन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिलाई बनाइएपछि एमालेका जनप्रतिनिधिले कार्यक्रम नै बहिष्कार गरेका हुन् ।

एमालेबाट निर्वाचित उपमहानगरपालिकाका ७ वटा वडाका अध्यक्ष र सदस्यहरुले विज्ञप्ति नै जारी गरेर पदस्थापन कार्यक्रम बहिष्कार गरेका हुन् । कुनै दलको एक जना नेतालाई कार्यक्रमको प्रमुख अतिथि राखेकाले आफूहरुले बहिष्कार गरेको उनीहरुले बताएका छन् ।

‘प्रदेशका मुख्यमन्त्री, मन्त्री वा नेपाल सरकारका बहालवाला प्रधानमन्त्री, मन्त्री वा सरकारका कुनै तह अनुसारको कर्मचारी भएको भए हामीलाई आपत्ति हुने थिएन्’ विज्ञप्तिमा भनिएको छ, ‘तर सुरुवातमै यस्तो कदम चालेकोले पदस्थापन कार्यक्रममा भाग लिन असमर्थ भएका छौं ।’

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदबारी दिएका मनोज साह निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट राजिनामा दिएर मेयरमा निर्वाचित भएका साह बुधबार नेपाली कांग्रेसले निकालेको विजयी जुलुसमा सहभागी भए । उनले आफू कांग्रेसकै मतबाट जितेकाले विजयी जुलुसमा सहभागी भएको भन्दै फेरि पार्टीमा फर्किन सक्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?