+
+

निजगढ विमानस्थल रोक्ने आदेशबारे माधव नेपालको टिप्पणी : यो कस्तो देश भएछ !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १९:३९

१३ जेठ ,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउनुको कारण के हो भनी प्रश्न गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्दै विकल्प खोज्न आदेश दिएको थियो । त्यसको भोलिपल्ट शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले कसको स्वार्थमा विमानस्थल निर्माण रोकिएको हो भनी प्रश्न गरेका हुन् ।

काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा धेरै अध्ययन गरेर निजगढ छनोट गरिएको भन्दै अध्यक्ष नेपालले त्यहाँ विमानस्थल बन्न रोक लगाउनु धेरै दुखद भएको बताए ।

‘मैले सुनेँ, निजगढ विमानस्थलमा रोक लगाउनु भनेर निर्णय भएछ, यो कस्तो देश भएछ हाम्रो !’ उनले आश्चर्य व्यक्त गरे ।

१० स्थानको गहिरो अध्ययन गर्दा अन्तर्राष्ट्रिय विमानस्थलको लागि सबैभन्दा उपयुक्त निजगढ नै देखिएको भन्दै नेता नेपालले त्यसको विकल्प के हुन सक्छ भनी प्रश्न गरे ।

निजगढमा नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च गरिसकेको र त्यही प्रयोजनका लागि बनेको काठमाडौं मधेश फास्ट ट्रयाकमा २ खर्ब खर्च भइसकेको अवस्थामा विमानस्थल रोक्न आदेश हुनु दुखद भएको उनको भनाइ छ ।

‘यो रोक्ने कुराको पछाडिको कारण के हो ? अरु अरु चिजबाट प्रभावित भएजस्तो लाग्यो’ उनले भने । यस निर्णयको विषयमा अदालतले पनि विचार गर्नुपर्ने नेता नेपालको भनाइ छ । ‘यो निर्णयबारे सम्बन्धित निकायले पनि विचार गर्नुपर्छ’ उनले भने ।

राजनीतिक दलहरुले पनि यस विषयमा गम्भीरताका साथ छलफल अघि बढाउनुपर्ने अध्यक्ष नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?