+
+

गगन थापाको सुझाव : सार्वजनिक पद धारण गरेकाले यौनहिंसा गरेमा थप २ वर्ष कैद सजाय दिऔं

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १२:१०

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेको भए कम्तिमा पनि दुई वर्ष बढी कैद सजाय गर्नुपर्ने सुझाव दिएका छन् ।

आज प्रतिनिधि सभा बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा भाग लिंदै थापाले सो सुझाव दिएका हुन् ।

‘दफा २२७ को पछाडि जुन थप्ने भनिएको छ, सार्वजनिक पद धारण गरेकोले यदि पीडितहरुले धम्काउने, प्रलोभनमा पार्ने कुरा गर्दा ६ महिना बढी कैद भनिएको छ, यसलाई कम्तिमा पनि दुई वर्ष बनाउनुपर्छ,’ उनले भने ।

गएको स्थानीय सरकारमा निर्वाचित भएका कतिपय जनप्रतिनिधिहरु र त्योभन्दा अरु जनप्रतिनिधिहरू पनि यस्तो काममा संलग्न भएको देखेको बताउँदै थापाले कैद सजायको अवधि बढाउनुपर्ने सुझाव दिएका हुन् ।

विधेयकमा सार्वजनिक पद धारण गरेका व्यक्तिले यौन हिंसा गरेको भए थप ६ महिना कैद सजाय हुने उल्लेख छ ।

बलात्कृत भएको पीडितलाई गर्भपतन गराउने समयको सन्दर्भमा र उमेरको आधारमा जुन सजाय तोकिएको छ, उमेर मात्र होइन, अवस्था र प्रकृतिको आधारमा थप्नुपर्ने उनले सुझाव दिए ।

यसैगरी चाँद तारा कुमारीले पीडितले उजुरी दिने हदम्याद हटाउनुपर्ने धारणा राखिन् । उनले पुरुषले छुँदैमा हिंसा मान्नुभन्दा उसको नियत के थियो भनेर पनि हेर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?