
२३ जेठ, काठमाडौं । प्रहरीले मोबाइल ल्यापटप लुटपाट गरेको आरोपमा दुई जनालाई नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेगाङ गाउँपालिका-५ घर भई हाल काठमाडौंको महाबौद्ध बस्ने २९ वर्षीय बिक्की अर्याल र पाँचखाल नगरपालिका-४ घर भई हाल काठमाडौंको बागबजार बस्ने २८ वर्षीय राम श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न मोडलका ९ थान मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप कारबाहीका लागि प्रहरी वृत बानेश्वर पठाइएको प्रहरी परीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4