+
+

मन्त्री फेर्न माओवादीमा पनि दबाव छ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १४:५३

२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको तर यस विषयमा औपचारिक छलफल भने सुरु नभएको बताए ।

‘समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाव छ । कांग्रेसमा पनि दबाव छ । जसपामा दबाब छ । यो दबावलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ’ उनले भने ।

हालै नेकपा एकीकृत समाजवादीले सरकारमा रहेकाहरुलाई फिर्ता बोलाएर अरु नेतालाई सरकारमा पठाउन प्रधानमन्त्रीसमक्ष नाम बुझाइसकेको छ । यद्यपि सत्तारुढ गठबन्धनभित्र तत्काल मन्त्री नफेर्ने समझदारी अनुसार एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु फिर्ता भएका छैनन् ।

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताए । अहिले मन्त्री हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उनको भनाइ छ ।

‘मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ ? यो संयुक्त सरकारको सोचसँग मेल खाएन’ नेता पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?