+
+

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १६:०३

काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारको प्रयास भएको दाबी गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा उनीमाथि गोली प्रहारको प्रयास गरेका हुन् ।

टाइम्स नेटवर्कलाई उद्धृत गर्दै फिल्मफेयरले सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको  दाबी गरेको छ ।  बिस्नोइ ग्याङका केही सार्पसुटर पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न भएको ठानिएको छ ।

लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए ।

सलमान खान र ग्याङस्टर लरेन्स बिस्नोइका नाइके

जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ ।

यसैबीच, मुम्बई प्रहरीले केही दिनअघि सलमान खान र उनका पिता सलिमलाई पत्रमार्फत ज्यान मार्ने धम्की दिएको कुराको पुष्टि गरेको छ । यो धम्कीमा लरेन्स बिस्नोइ ग्याङको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

तीन जना व्यक्ति उक्त पत्र पुर्‍याउन राजस्थानदेखि मुम्बई पुगेको समेत प्रहरीले जनाएको छ । ग्याङका एक सदस्य तथा आरोपी सिद्धेश हिरामन कम्बेलसँगको सोधपुछमा यो कुराको खुलासा भएको उल्लेख छ ।

ती तीन जनालाई पहिचान भइसकेको र पक्राउको तयारी भइरहेको समेत मुम्बई प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?