+
+

राष्ट्रिय खुल्ला तेक्वान्दो पुम्से जेठ २८ र २९ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १६:०६

२७ जेठ, काठमाडौं । नेपाल तेक्वान्दो संघको बयोजनामा यही जेठ २८ र २९ गते प्रथम राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिता हुने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलन तेक्वान्दोमा ग्योरुगी विधाको मात्र राष्ट्रिय प्रतियोगिता आयोजना भइरहेको र पहिलो पटक पुम्से विधामा राष्ट्रिय प्रतियोगिता गर्न लागेको जनाएको छ ।

दुई दिनको प्रतियोगितामा विभिन्न विभाग, प्रदेश तथा जिल्लका महिला र पुरुष गरी कूल ७४३ खेलाडीहरुले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताका लागि ९ लाख अनुमानित बजेट लाग्ने बयोजकले जनाएको छ । प्रतियोगितामा १४ विधा (७ पुरुष र ७ महिला) मा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिताले दक्षिण एशियाली खेल, एशियाली खेल लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि खेलाडीहरुको पहिचान गर्दै तयारी पक्षलाई दुत गतिमा संञ्चालन गर्ने तेक्वान्दो संघको योजना छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनवट गरी राष्ट्रिय टिमको निर्माण तयारी प्रशिक्षण सुरु गर्ने संघले जनाएको छ ।

यस प्रतियोगितामा विजयी हुने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको रेकर्ड राख्नका लागि संघले यस पटकदेखि खेलाडी र्‍याङ्किङ सिस्टम अघि ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?