+
+

बिटक्वाइनको मूल्यमा कीर्तिमानी गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ९:१८

काठमाडौं । डिजिटल मुद्राको रुपमा रहेको क्रिप्टोकरेन्सीको बजारमा एकपटक पुनः भुइँचालो आएको छ । सोमबार बिटक्वाइनको मूल्यमा गिरावट आएर २५ हजार ६ सय डलरमा झरेको छ । यो पछिल्लो १८ महिनाकै सबैभन्दा कम मूल्य हो । संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी विभिन्न कारणले गर्दा लगातार कमजोर बनिरहेको छ ।

गत वर्ष नोभेम्बरमा क्रिप्टोकरेन्सीको मूल्य सबैभन्दा उच्च अर्थात् ६८ हजार डलर भन्दा माथि पुगेको थियो । त्यसयता क्रिप्टोकरेन्सीको मूल्य ८० प्रतिशतले घटेको छ ।

विश्लेषकहरुका अनुसार बिटक्वाइनको मूल्य यही दरमा घटेमा यो वर्षको अन्त्य सम्ममा १४ हजार डलरमा झर्न सक्नेछ । क्रिप्टो एनालिटिक्स कम्पनी क्रिप्टो क्वान्टका विश्लेषकका अनुसार आगामी ६ सय ७० दिनभित्रमा बिटक्वाइनको मूल्य २१ हजारदेखि १४ हजार डलरसम्ममा झर्ने सम्भावना छ । तर सन् २०२३ मा बिटक्वाइनको मूल्य पुनः बढेर ४० हजारसम्म पुग्ने विश्लेषकको अनुमान छ ।

विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरको मूल्यमा पनि गिरावट आइरहेको छ । इथेरियमको मूल्य १३ सय ५५ डलरमा झरेको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?