+
+

पूजा र आकाश अभिनित ‘सम्झना बिर्सना’को नयाँ गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १७:४२

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘सम्झना बिर्सना’मा समावेश ‘हाँस्ने खेल्ने बेलैमा..’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । असार ३१ गते प्रदर्शन हुने फिल्मको गीतमा अञ्जु पन्त र किरण गजमेरको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

रामजी लामिछानेको कोरियोग्राफी र शिव ढकालको छायांकन रहेको गीतमा फिल्मका प्रमुख कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् ।

‘डान्सिङ फ्लेभर’को रोमान्टिक गीतमा पूजा र आकाश खुलेर नाचेका छन् । भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको गीत युट्युब ट्रेन्डिङमा समेत प्रवेश गरेको छ ।

अद्वितीय प्रधानको प्रस्तुति र रेविका प्रधानको निर्माणमा बनेको फिल्मको लेखन तथा निर्देशन निमेष प्रधानले गरेका हुन् । स्थानीय निर्वाचनका कारण जेठ ६ मा प्रदर्शन स्थगित गरिएको फिल्म अब भने ३१ असारमा दर्शकमाझ आउँदैछ । फिल्ममा समावेश ‘परेलीमा लुकाउँछु’ बोलको गीत केही समयअघि नै सार्वजनिक भइसकेको छ ।

फिल्ममा पूजा र आकाशको जोडीका साथमा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । अद्वितीय फिल्म्सको प्रस्तुति रहेको ‘सम्झना बिर्सना’को छायांकन भारतका दार्जिलिङ, सिक्किम, सिलीगुडीमा गरिएको छ भने एउटा गीत काठमाडौंमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?